-
Home
-
शिक्षा
-
स्वास्थ्य संस्थामा स्थानीय तहमा हस्तान्तरण सुरु
स्वास्थ्य संस्थामा स्थानीय तहमा हस्तान्तरण सुरु
शनिश्चरे/सङ्घीय संरचना अनुसारको नीतिपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले आफू मातहतका सरकारी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु गरेको छ ।
स्थानीय तहमार्फत स्थानीय संस्था सञ्चालनको नीति बनेपछि जिल्लाको बुद्धशान्ति र कमल गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसदन कोइरालाले बताए ।
हाल जनस्वास्थ्य कार्यालय मातहमा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । सरकारले ती स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक बजेट समेत सम्बन्धित स्थानीय तहमा निकासा गरेको छ ।