माेरङकाे सिजुवा र हरैचाबाट १८ जुवाडे पक्राउ
धरान/मोरङको सिजुवा र हरैचाबाट बिहिबार १८ जना जुवाडे पक्राउ परेका छन्।
रतुवामाई नगरपालिका ८ गुरुङ चौक स्थित गणेश कार्कीको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले कौडा खेल्दै गरेको अवस्थामा आठ जनालाई दुई सेट कौडाको गोटीसहित नियन्त्रणमा लिएको हो। जुवाको खालबाट नगद ७० हजार १ सय ३५ रुपैया समेत बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
यसै गरी सुन्दर-हरैचा नगरपालिका १० त्रिवेणी चोक स्थित योगेन्द्र श्रेष्ठको घरबाट तास खेल्दै गरेका १० जना पक्राउ परेका छन।
उनीहरुलाई इलाका प्रहरी कार्यालय हरैचाको टोलीले नगद ७२ हजार ६ सय ५० रुपैया तथा चार बुक ताससहित पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































