लेक लागेर एककाे मृत्यु
विराटनगर/सोलुखम्बुमा सोमबार लेक लागेर एकजनाको मृत्यु भएको छ ।
सोलुखुम्बु जिल्लाको माहाकुलुङ–४, गुदेल बस्ने ४३ वर्षीय कवारकुमार राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
सोही गाउँपालिका–३ स्थित ‘मेरा बेस क्याम्प’मा पाँच दिनअघि ट्रेकिङमा गएका उनी बिरामी भएका थिए । उनलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा थाम्माकमा मृत्यु भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































