मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
धरान/सुनसरीको ईनरुवा नगरपालिका–४ मा बुधबार बिहान मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
ईनरुवा–डुम्राहास्थित भित्री सडक खण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने कामेश्वर सदाको २ बर्षिय छोरा नमन सदाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते बालकको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाइकल चालक फरार रहेका छन् भने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































