झापा । प्रहरीले झापाको शिबसतासी नगरपालिकाबाट २४ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा शिवसताक्षी ४ स्थित गोपालमान तामाङको घरमा छापा मारेर दुई लाख बढी नगदसहित कौडा खेल्ने २४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा कौडा खेलाउने घरधनी वर्ष ३६ को तामाङ्,सोहि नपाका ३७ वर्षिय बिक्रम राइ,वर्ष ३५ को पुर्ण तामाङ्, ४४ वर्षिय लाल बहादुर श्रेष्ठ,वर्ष ३० को शिवराम ताजपुरिया,४६ वर्षिय खेम दुलाल लगायत २४ जनालाइ बुधवार विहान ३ बजे पक्राउ गरिएको झापाका प्रहरी प्रमुख तथा एसपी विष्णु कुमार केसीले जनाए ।
प्रहरीले जुवाको खालबाट १६ कौडा तथा २ लाख ९६ हजार ३ सय ८५ रुपैयाँ नगद बरामद गरेको एसपी केसीले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर जुवा ऐन अन्तरगत मुद्धा चलाइने उनले बताए ।
झापामा २४ जुवाडेलाइ मुद्धा चलाइने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































