भद्रपुर । झापाको भद्रपुरमा अग्रबंश शिरोमणि श्रीअग्रसेनजी महाराजको ५१४१ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएका छन् ।
भद्रपुरस्थित मोहपाल धर्मसालामा नेपाल अग्रवाल सभा भद्रपुरले आयोजना गरेको कार्यक्रममा अग्रसेनजी महाराजको जन्मजयन्ती मनाएका हुन् । अग्रेसनजी महाराज अग्रबंशका गुरु हुन् । सभाका अध्यक्ष बंशिधर बंशलको अध्यक्षता तथा नेपाल भारत मैत्री संघका निर्वतमान केन्द्रिय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आथित्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक हुलास चन्द्र सरिया, श्यामसुन्दर अग्रवाल, प्रयागचन्द मित्तल, किसनलाल मित्रुका, बालचन्द गोयल, महेश मित्तल, नन्दकिसोर सरावगी लगायतको सहभागिता रहेको थियो ।
अग्रसेनजी महाराजको ५१४१ औं जन्मजयन्ती मनाइयो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































