धरान/ धरानका एक टेम्पो चालक उपचार खर्चको अभाबमा अस्पताल जान पाएका छैनन ।उनको उपचारमा सहयोग गर्न यातायात मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबैमा आग्रह पनि गरेको छ ।
धरानमा टेम्पो चलाउदै आएका धरान १७ का मदन राईलाई उपचार गर्नको लागि आर्थिक कठिनाई भएको हो ।विगत २ महिना अघिदेखि प्यालाइसिस भई घरैमा थलिएका राई थप उपचार गर्नुपर्ने भएपनि आर्थिक अभाव भएपछि उपचार नगर बस्न बाध्य भएका छन् ।
यसैवीच यातायात मजदुरहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले शनिबार चालक राईलाई आर्थिक सहयोग प्रदान गरेको छ ।संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले राईको घरमा पुगेर नगद ६ हजार ५ सय रुपैयाँ प्रदान गरेका हुन् ।
संगठनले यस अघि पनि अशतm , विरामी यातायात मजदुरलाई सहयोग प्रदान गर्दै आएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम राई ज्वालाले बताए ।