नाबालिक श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहरिने
भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग शारीरिक सम्बन्ध राखे बलात्कार ठहर हुने फैसला गरेको छ । भारतीय समाचार संस्था पिटिआइका अनुसार १८ वर्षभन्दा कम उमेरको श्रीमतीसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको र यसलाई बलात्कार मानिने सर्वोच्चले फैसला गरेको हो ।
अदालतका अनुसार नाबिलिग पत्नीले आफूसँग श्रीमानले शारीरिक सम्बन्ध राखेमा १ वर्षभित्र मुद्दा दायर गर्न सक्ने छन् । तर बलात्कारसम्बन्धी अहिले रहेको कानुन अनुसार श्रीमान श्रीमतीको सहमतिमा भएको शारीरिक सम्बन्धलाई अपराध मान्न नसकिने व्यवस्था छ ।
केन्द्र सरकारले भने दिल्ली हाइकोर्टमा वैवाहिक बलात्कारलाई अपराधको श्रेणीमा राख्न नहुने र यसले विवाह संस्था अस्थिर हुने तर्क राकेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































