धरानका युवा लागूऔषधसहित मोरङमा पक्राउ
धरान/प्रहरीले सुनसरीको धरान र बराह क्षेत्रका ५ जना युवाहरुलाई लागूऔषधसहित मंगलबार पक्राउ गरेको छ ।
मोरङ प्रहरीले चेकजाँचको क्रममा धरान–१३ का २८ वर्षीय रुपक राईलाई पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध लुपिजेसिक–७ एम्पुल, डाईजेल्याप–७ एम्पुल र एभिल–७ एम्पुल सहित इलाका प्रहरी कार्यालय निमुवा मोरङले पक्राउ गरेको हो ।
त्यस्तै कोशी गाउँपालिका–१ स्थित दसगजाबाट सशस्त्र प्रहरीको टोलीले को ४ प ९४६५ र ग २ प ९१७९ नम्बरको मोटरसाइकलमा सवार चार जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराह नगरपालिका–८ का २३ बर्षिय कमल राई, २८ बर्षिय सुमन राई, २३ बर्षिय समन राई र भारत बेलाह–८ का १९ बर्षिय कुशेश्वरकुमार यादव रहेका छन् ।
उनीहरुको साथबाट डाइजेल्याप–५० एम्पुल, एभिल–५० एम्पुल र नर्फिन ४६ एम्पुल बरामद गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































