दार्चुला/ दार्चुलाको नौगाढमा बहिनी पर्ने आफ्नै छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । नौगाढ गाउँपालिका–१ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नालाई बहिनी नाता पर्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुव्र्यवहार गरेको भनी पीडितका दाइले प्रहरीमा उजुरी दिएका थिए । विद्यालयको शौचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई कक्षा ५मा अध्ययनरत छात्रालाई ठगुन्नाले दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जनाएकोे छ । यता विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णयसमेत गरेको छ ।