फर्निचर उद्योगमा आगलागी हुदा १० जनाको मृत्यु
रियाद (रासस/एएफपी)/साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् ।
साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ ।
गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसमा परी मृत्युभएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ ।
यहाँको नागरिक सुरक्षा सम्वन्धी निकायले आधिकारीक ट्विटर अकाउन्टमा आगलागी सम्वन्धी फोटोहरु पनि राखेको छ ।
आगलागी नियन्त्रणका लागि केही अग्नी नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































