काठमाडौं/ जागिरेहरू दिनभरिको समय अफिसमा बिताउँछन् । आफ्नो स्वास्थ्यलाई ध्यान दिने समय पनि उनीहरूसँग हुँदैन । त्यसैले गर्दा उनीहरू कुनै न कुनै किसिमको समस्या सामना गरिरहेका हुन्छन् ।
कार्यालयमा गरिने गल्तीका कारण स्वास्थ्यमा प्रतिकूल असर पार्छ । तपाईं कामको स्ट्रेसका कारण जागिर परिवर्तन गर्न चाहनुहुन्छ भने त्यसो नगर्नुस्, बरू आफ्नो जीवनशैलीमा सानो परिवर्तन ल्याउनुस् । आफ्ना बानीलाई बदल्ने कोशिश गर्नुस् ।
स्वच्छ हावा अफिसको कोठाभित्र बसिरहँदा अक्युपेसनल एलर्जी हुने खतरा रहन्छ । यसकारण टाउको दुख्ने र छालामा समस्या आउने हुन सक्छ । त्यसैले स्वच्छ हावामा सास लिनका लागि एकफेर बाहिर निस्कनुस् ।
फोक्सोलाई आराम अफिसमा १० मिनेट समय निकालेर अलिकति हिँडडुल गर्नुस् । अलिक हरियाली भएको ठाउँमा डुल्दा ठीक हुन्छ । हरियाली छैन भने धूलो नभएको ठाउँतिर गएर लामो सास लिनुस् ।
लामो समय एकैठाउँमा नबस्ने काममा अत्यन्तै व्यस्त हुनुभएपनि लामो समयसम्म बसिरहने नगर्नुस् । नियमित अन्तरालमा समय निकालेर यताउता टहल्नुस् ।
मांसपेशी तन्काउने व्यस्त भएपनि अलिकति समय निकालेर शरीर र मांसपेशीलाई तन्काउनुस् र तिनमा गति ल्याउनुस् । यसो गर्दा शरीर ठीक रहन्छ ।
आँखालाई आराम लामो समयसम्म कम्युटरमा काम गर्दा टाउको दुख्न थाल्छ । आँखामा पनि बढी तनाव हुन्छ । त्यसैले केही क्षणका लागि आँखालाई बन्द गरेर आराम दिनुस् ।
एजेन्सी