सूर्योदय नगरपालिकाको बजेट ६९ करोड
मंगलबारे/सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गरेका हुन्। चालु खर्चतर्फ रु ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ रु ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ ।
कुल बजेटको ५३.९ प्रतिशत चालु र ४६.१० प्रतिशत पुजीगततर्फ रहेको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































