स्वस्थ दिमाग मानव स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो हो । डब्लुएच्ओले मानव स्वास्थ्यको परिभाषा गर्ने क्रममा मानसिक स्वास्थ्यलार्इ पनि समावेश गरेको छ । तर उमेर ढल्किंदै जाँदा मानिसको स्मरणशक्तिमा ह्रास आउन थाल्छ ।

यदि तपाइँको पनि स्मरणशक्तिमा कमी आर्इ बिर्सने समस्याले चिन्तित हुनुहुन्छ भने ढुक्क हुनुहोस्, अब चिन्ता लिइरहनु पर्दैन । मात्र तपाइँ आफ्नो खानामा यी चिजहरू समावेश गर्नुहोस् ।

सलाद सलाद पत्ता, पालक, ब्रोकाउली, गाजर वा बन्दागोभीबाट बनाइएको हरियो सलादले दिमाग तेज गर्न मद्दत गर्दछ । सलादमा प्रयोग हुने विभिन्न फाइबरयुक्त सागपातमा पाइने भिटामिन सी र भिटामिन र्इ ले हाम्रो मष्तिष्कलार्इ तेजिलो बनाउँछ । यी सागपातलार्इ सुप बनाएर खाँदा पनि उत्तिकै फाइदा गर्दछ ।

माछा यदि तपाइँ मांशाहारी हुनुहुन्छ भने माछा एउटा उपयुक्त विकल्प हुनसक्छ । माछामा ओमेगा ३ फ्याटी एसिड , प्रोटिन तथा क्याल्सियम जस्ता तत्व प्रचुर मात्रामा पाइने हुनाले यो दिमाग वा नर्भस सिस्टमको लागि अति उपयोगी ठहर्छ ।

बदाम

उल्लेखित खानेकुरा र फलफूल जस्तै बदाम पनि एन्टिअक्सिडेन्ट्स, ओमेगा३, फ्याटी एसिड आदि तत्वको महत्वपूर्ण स्रोत हो । सन्तुलित रुपमा नियमित तरिकाले बदामको सेवन गर्नाले स्मरणशक्ति बढाउन सहयोग पुर्याउने कुरा पोषण विशेषज्ञहरू बताउँछन् । बुढ्यौलीसँगै समस्या भोग्दै गरेकाले मात्र नभर्इ सबैले यस्ता खानेकुराहरूलार्इ नियमित सेवन गर्न सके स्मरणशक्तिलार्इ तेज बनाइराख्न मद्दत गर्ने कुरा उनीहरू बताउँछन् ।

जामुन जामुन एन्टिअक्सिडेन्ट्सले भरिपूर्ण एउटा अति उपयोगी फल हो । यसमा भिटामिन र्इ पनि पाइने भएकोले मानिसको बढ्दो उमेरका कारण उत्पन्न हुने मानसिक समस्याबाट जोगाउन सहयोग गर्दछ । साथै, कुनै पनि कुरा लामो समयको लागि दिमागमा राख्न चाहनुहुन्छ भने यो अत्यन्तै सहयोगी साबित हुन्छ ।