-
Home
-
मनोरञ्जन
-
बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो शर्त
बिहेका लागि कपिलकी प्रेमिकाले राखिन् यस्तो शर्त
- कार्तिक १९, २०७४
- ब्लाष्ट खबर
कमेडियन कपिल शर्मा अब घरजमको तयारीमा लागेका छन् । एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार प्रेमिका गिन्नी चतरथसँग उनको विवाहको तयारी भएको छ ।
गिन्नीलाई परिवारले बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको शर्तमा कपिलको आमा पनि खुसी भएकी छिन् ।
गिन्नीको आग्रह स्विकार्दै कपिलले पनि रक्सी छोडेका छन् । त्यसो त कपिल अभिनित ‘फिरंगी’ प्रदर्शनको तयारीमा छ । चलचित्र प्रदर्शनपछि कपिलले विवाह गर्ने केहि मिडियाले उल्लेख गरेका छन् ।
गएको सेप्टेम्बरमा कपिल र उनकी प्रेमिकाविच ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो तर, केही समयपछि उनीहरु एकसाथ साइबाबाको दर्शन गर्न पुगेका थिए ।