भोजपुरकी बलात्कृत किशोरीलाई सहयोग
धरान/बलात्कारको शिकारमा परेकी भोजपुर दुङ्मानाकी एक किशोरीलाई धरानको पारालिगल कमिटीले आर्थिक सहयोग गरेको छ ।
पारालिगल कमिटीका पदाधिकारीहरुले ति किशोरीलाई १२ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । जमुना त्रिखत्री मोक्तानका अनुसार शुक्रबार ति किशोरीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा पुगेर सहयोग गरिएको हो । उनको लागि कानुनी उपचारका लागि पनि पहल गरिरहेको उनले बताइन् ।
त्यस्तै उनीसहित सकुन्तला भुषाल, लक्ष्मी खतिवडाले ति किशोरीलाई नगद १५ हजार छुट्टै रुपमा सहयोग गरेको छ । किशोरी कात्तिक ११ गते बलात्कारको शिकारमा परेकी थिइन् भने उनको आँखा झिक्नेसम्मको प्रयास गरिएको थियो । स्थानीय सन्तोष श्रेष्ठले घाँस काट्न जाने क्रममा बलात्कार गरेका थिए । श्रेष्ठलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरिसकेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































