धरान/अर्घाखाँचीका असिम सागर ‘राष्ट्रिय कविता महोत्सव’ मा प्रथम बनेका छन् ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयको २७ औं वार्षिकोत्सव तथा उनको ४६ औं जन्मजयन्तीको अवसरमा शनिबार धरानमा सम्पन्न महोत्सवमा उनी प्रथम बन्दै नगद २० हजार रुपैयासहित प्रमाण पत्र प्राप्त गरे । तनहुँका प्रकाश रम्घाली दोस्रो बन्दा मोरङका मनोज मुस्किल तेस्रो बनेका छन् ।
उनीहरुलाई नगद १५ हजार रुपैया र १० हजार रुपैयासहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा देशभरका १५३ प्रतियोगी भिडन्त गरे पनि १५ जना अन्तिम छनौटमा परेका थिए । छनौट मध्ये वाचन, प्रस्तुती, कलाशैलीलगायतमा निर्णायकद्वय कवि मनु मञ्जिल र बद्री भिखारीले विजेता छनौट गरेका थिए ।
त्यस्तै साहित्यमा योगदान पु¥याएका कवि वम देवान र मिश्र वैजयन्तीलाई साहित्यिक सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कवि अनिल पौडेल, पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले सम्मान पत्र प्रदान गरियो ।
संस्थागत रुपमा धरान–१८ को माउन्ट हर्मन एकेडेमीलाई सम्मानित गरिएको थियो । प्रतियोगितामा नेपालगञ्ज, बागलुङ, पोखरा, दाङ, खोटाङ, मोरङ र संखुवासभाका अन्तिम छनौटमा परेका थिए ।