ब्रह्माकुमारीले स्वर्णजयन्ती मनाउने
धरान/धरान–४ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले स्थापनाको पचासौ वर्ष पूरा गरेको अवसरमा ‘स्वर्ण जयन्ती महोत्सव’ मनाउने भएको छ ।
मंसिर ७ देखि ९ गतेसम्म महोत्सव मनाउने तयारी गरेको केन्द्रले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वर्ण जयन्तीको विशेष आर्कषणमा ५१ ीफट उचाईको शीवलिङ्ग रहने नानीमैया दिदीले जनाएकी छन् ।
मंसिर २ गते शान्ति पदयात्रा निकालिने कार्यक्रम छ । झाँकी प्रदर्शन गरिने जनाइएको छ । यसबीचमा गीता ज्ञानको अद्भूत रहस्य तथा परमात्मा अनुभूति शिविरसमेत राखिने कार्यक्रम रहेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































