तेह्रथुम । म्याङलुङ्ग नगरपालिका जिरिखिम्तीमा एक कार्यक्रमको आयोजना गरि उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । जिरिखिम्तीमा रहेको कालिका माध्यमिक विद्यालयमा आध्यनरत २ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । एक वर्ष आगाडी विद्यालयमा स्थापना गरिएको चन्द्ररानी स्मृति अक्षयकोषबाट कक्षा १२ मा सवै भन्दा वढी अंक ल्याउने विष्णुमाया बुढाथोकी र कक्षा ८ मा सवै भन्दा बढी अंक ल्याउने युनिस लिम्वुलाई सम्मान गरिएको थियो । बुढाथोकीलाई ८ हजार, लिम्वुलाई ५ हजार रुपैया र प्रमाण पत्रले अक्षयकोष दाता बृख वहादुर लिम्वुले सम्मान गरेका थिए । आफ्नी स्वर्गीय पत्नी सन्चरानी लिम्वुको सम्झनामा पति बृख वहादुर लिम्वुले १ वर्ष अगाडी ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएका विद्यालयका प्रध्यानाध्यपक गोविन्द सोदेम्वाले बताए । तेह्रथुमको साब्ला घर भएका अक्षयकोष दाता लिम्वु हाल धरान बस्दै आएका छन । सम्मान कार्यक्रम जेष्ठ सदस्य चुडामणी कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।