धरान/समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा शुभकामना दिएकी छन ।

सो अवसरमा उहाँले नेपाली नागरिक, महिला तथा पत्रकारको हैसियतले पेचिलो सामाजिक जिम्मेवारीको वोध गर्दै ६४ वर्षको सगरमाथा आरोहणको ईतिहासमा नयाँ आयाम थपिने भन्दै यस उत्साहजनक सोच सराहनीय भएको बताइन ।

सम्पूर्ण नेपाली र नेपालको नाम फैलिने कार्य भएको हुँदा हरतरहको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले आरोहण कार्यको सफलताको शुभकामना पनि दिइन ।

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन) , रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

साथै आरोहण सम्बन्धि तालिम लिन आगामी कात्र्तिक २९ गते बुधबारका दिन पत्रकार महिलाको टोली दोलखास्थित यालुङरी र रामदुङ ६ हजार मिटरका गरी दुई हिलाम आरोहण गर्न दोलखा रोलवालिङ प्रस्थान गर्नेछन् ।

राष्ट्रपति भण्डारीसंगको भेटको अवसरमा आरोही समूहलाई नेपाली दाजुभाई, दिदीबहिनी, विभिन्न सघसस्थाका् आर्थिक, भौतिक, नैतिक सहयोग तथा आर्शीवादको आवश्यकता रहेको आरोहण टोलीका सयोजक कल्पना महर्जनले बताइन ।