काठमाडौं/सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बुधबार पनि तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
सुनको भाउ घट्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































