उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो । अनलाइन प्रविधिबाट विद्युत् महशुल बुझाउन सकिने सेवा प्राधिकरणले यही मंसिर ४ गतेबाट शुरु गरेपछि उपभोक्ता हर्षित भएका छन् । यस्तो महशुल महालक्ष्मी विकास बैंक, ई–सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट, प्रालि, सिटी एक्सप्रेस, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट तिर्न सकिनेछ । यस्तो महशुल किओस्क, मोबाइल एप र ई–बंैकिङ प्रणालीबाट पनि तिर्न सकिनेछ । उर्लाबारी वितरण केन्द्रअन्तर्गत उर्लाबारी नगरपालिकासहित पथरी शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रमा ३५ हजार बढी उपभोक्ता छन् ।
अब उर्लाबारी र पथरीमा पनि अनलाइनबाट विद्युत् महशुल तिर्न सकिने
उर्लाबारी । पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































