धरान/धरान उपमहानगरपालीका र धरानमा रहेको केन्द्रिय प्रबिधि क्यामपस हात्तिसार बिच धरान उपमहानगरपालीकाले सञ्चालन गर्ने बिभिन्न कार्यक्रमरुमा प्राबिधिक सहयोग आदनप्रदान गर्ने सहमति भएको छ ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बा सहितको टोलिसँगको छलफलले धरान उपमहानगर क्षेत्रभित्र खाद्य सुरक्षा,भुर्गब अध्यन तथा वोटानिकल बिषयका योजनाहरुमा सहकार्य गर्ने सहमति भएको हो ।
अब धरान नगर क्षेत्रभित्रको खाद्य सुरक्षा अन्र्तगत पर्ने मिसावट,गुणस्तर नापजाँच,मापदण्ड जस्ता बिषयमा धरान उपमहानगरपालीकाले केन्द्रीय प्रबिधि क्यामपसको विज्ञ टोलिको राय र ल्याब परिक्षण गराउने छ ।
त्यसैगरि धरानको भौगोलिक अध्ययनको बिषय तथा रुख बिरुवाको बिषयमा पनि केन्द्रीय प्रबिधी क्यामपस सँग सहकार्य गर्ने छ ।छलफलमा सहभागि केन्द्रीय प्रबिधि क्यामपसका प्रमुख प्राडा धनबहादुर कार्किले धरान उपमहानगरपालीकाले केन्द्रिय प्रबिधि क्यामपससँग सहकार्य गर्ने प्रस्तावले आफुहरु उत्साहित भएको बताए ।
हामीसँग भएको विज्ञ जनशक्तिले स्थानिय स्तरमै बिभिन्न कार्य गर्ने अवसर पाउछ,धरानको बिबिध पक्षको अध्यन र अनुसन्धान गर्ने अवसरको रुपमा आफुहरुले लिएको उनले बताए ।
धरान उपमहानरपालीकासँग दिर्घकालिन सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए ।धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले नेपालको एकमात्र खाद्य प्रबिधि सम्बन्धि पढाईहुने क्यामपसका अनुभवी र दक्ष जनशक्तिलाई स्थानिय सरकारले आवश्यक्ता अनुसार सहकार्य गर्ने बताए ।
यसैबिच धरानमै रहेको पुर्वाञ्चल इन्जिनियरिङ क्यामपससँगपनि कृषि इन्जिनियरिङ र इन्जिनियरिङका अन्य बिधामापनि सहकार्य गर्ने बिषयमापनि छलफल सुरु भएको छ ।
छलफलमा धरान उपमहानगरपालीकाका सल्लाहकार शंकर घिमिरे,बरिष्ट प्रशासकिय अधिकृत खगेन्द्र खतिवडा,बरिष्ट सामाजिक विकास महासखा प्रमुख गणेशप्रसाद खतिवडा सहितको सहभागिता रहेको थियो ।