धरान लक्ष्मीचोकमा सामसुङको शो रुम
धरान/धरानको लक्ष्मीचोकमा अन्तर्राष्ट्रिय ब्राण्ड ‘सामसुङ’ को शो रुम खुलेको छ ।
वैष्णवदेवी मन्दिरकी माता पुनम माताश्रीले १५ औं शाखाको रुपमा सामसुङ डिजिटल प्लाजा’ को बिहीबार उद्घाटन गरिन् । जहाँ सामसुङ कम्पनीका सबै सामग्रीहरु एकै थलोमा पाउने कृतिमा इलेक्ट्रोनिक्स प्रालिका सञ्चालक भरत अग्रवालले बताए ।
अग्रवालका अनुसार सुभारम्भको अवसर पारेर सामसुङका सबै सामग्रीहरुमा १८ प्रतिशत छुट प्रदान गरिने छ । उपभोक्ताहरुले सामसुङका फ्रिज, वासिङमेसिन, टिभी, मोबाइललगायतका सामग्रीहरु एकै ठाउँमा प्राप्त गर्न सक्ने गरी स्थापना गरिएको नेपालका लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सका महाप्रबन्धक प्रभाकर समसेर थापाले बताए ।
धरानमा यस अघि सामसुङको आधिकारिक डिलरको रुपमा शाखा खुलेको थिएन । भरत अग्रवाल र शिवबहादुर रानाले संयुक्त रुपमा कृतिमा सञ्चालनमा ल्याएका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































