इनरुवा । सुनसरीमा सधै एउटा पार्टीमा बस्ने र चुनाव आएपछि पार्टी छोडेर अर्को पार्टीमा जानेहरुको लहर चलेको पाइएको छ । जिल्लामा एमालेबाट काङग्रेसमा र काङग्रेसबाट एमालेमा, एमालेबाट फोरममा र फोरमबाट एमालेमा प्रवेस गर्नेहरुको लहर जारी रहेको छ । पार्टीमा भएको नातावाद, कृपावाद, पैसाबाद, हावि भएका कारण एकले अर्को माथि आरोप लगाउदै एक पार्टीबाट अर्को पार्टीमा जाने गरेको पाइएको हो ।पार्टीबाट प्रदेश तथा प्रतिनीधिसभाका उमेदवार भएकाहरुलाई विजयी गराउने उदेश्यका साथ एक पार्टीबाट अर्को पार्टीमा जाने गरेको पाइएको हो । सुनसरी सदरुमकाम इनरुवामा लक्ष्मी साह, बेचन साह, भरतलाल साह, हरि प्रसाद साह, राप्रपा नेपालका पूर्व नगर अध्यक्ष बबिता स्वर्णकार, उमेशकुमार साह लगायतकाले नेपाली काग्रेसमा प्रवेस गरेका छन । नवप्रवेसीहरुलाई सुनसरी क्षेत्र नम्वर २ का प्रतिनीधिसभाका उमेदवार सिताराम मेहता र क्षेत्र नम्वर २(ख) का प्रदेससभाका उमेदवार राजिव कोइरालाले फुलमाला अविर लगाएर पार्टीमा स्वागत गरेको युवा नेता सन्तोष शर्माले जानकारी दिनुभयो ।
सधै एउटा पार्टीमा, चुनावको बेला अर्कोमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































