विराटनगर/ वाम गठबन्धनका उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ ।
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए । अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































