इटहरी/ नीजी विद्यालय सञ्चलकहरुको संस्था प्याव्सन सुनसरीले आयोजना गरेको प्याव्सन सिङगिङ आइडलको उपाधी सिद्धार्थ मेमोरियल स्कुल कालावञ्जार बराहका प्रदिप गिरीले जितेका छन् ।
विहीबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको आइडलको फाइनल चरणमा उत्कृष्ट ९ प्रतिष्पर्धीलाई उछिन्दै गिरी प्याव्सन सिङगिङ आइडल भएका हुन् । उनले रनिङ शिल्ड तथा प्रमाण पत्र प्राप्त गरे । यसै गरी धरान माउन्ट हर्मन एकेडेमीकी प्रकृति सुन्दास दोस्रो भइन् । इटहरी सेक्रेट हार्ट इङिलस स्कुलकी प्रकृति लिम्बू तेस्रो भएको सुनसरी प्याव्सन अध्यक्ष सुमित थापाले जानकारी दिए । प्रतियोगितामा फुजिसन सगरमाथा स्कुल तरहराका सुदिप गिरी र तरहराकै हिम शिखर स्कुल गौरव राईले सान्तवना स्थान प्राप्त गरे । गायक यम बराल र लोचन भट्टराई प्रतियोगिताको निर्णाय थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ट गीतकार शिव शंकर थापाले विजेता विद्यार्थीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लाका चार सय विद्यार्थीको सहभागितामा रहेको सो प्रतियोगिता पाँचौं चरणमा फाइनल चरण पुगेको हो ।
बिद्यार्थिहरु माझ भएको गायन प्रतियोगितालाइ प्रस्फुटन गर्ने उदेश्यले उक्त आइडलको आयोजना गरिएको प्याबसन सुनसरीका अध्यक्ष सुमित थापाले बताए । आइडल हुने बिद्यार्थिले ४ चरणमा आफनो गायन प्रस्तुत गरिसकेपछि मात्र आइडल बनेका हुन् । फाइनल चरणमा प्रतियोगिलाई दुई दुइ वटा गीत गाउने अवसर दिलाइएको थियो । प्रतियोगितामा चार सय विद्यार्थी सहभागी थिए । समापन कार्यक्रममा धरानको निसाद साँगितिक समुहले संगित संयोजन गरेको थियो ।