भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ का उम्मेद्वार विश्वप्रकाश शर्माले पार्टीगत घोषणा पत्रले देशमा सम्बृद्धिको सपना पूरा गर्न नसक्ने बताएका छन् । चुनावी अभियान अन्र्तगत भद्रपुर ९ र १० को आयोजनामा चन्द्रगढीको वीपी चौकमा आयोजित बृहद् सभालाई शनिवार सम्बोधन गर्दै शर्माले सवै पार्टीको साझा संकल्प तयार गरी आम गठबन्धन नभएसम्म देश सम्बृद्ध बन्न नसक्ने बताएका हुन् । नेता शर्माले नेपालको राजनीतिमा आलोचना र विरोधको संस्कृति विगतदेखि जरो गाडेको अवस्थामा रहेकोले अब त्यस विकृतिलाई अन्त्य गरी राजनीतिमा सुधार गर्न जरुरी रहेको उल्लेख गरे । उनले देश सवैको हो भन्दै गठबन्धनका नाममा दाहोरो झडपको अवस्थामा संसदलाई लान खोजिए सम्बृद्धिको सपना चकनाचुर हुने जनाए । शर्माले विगतका नराम्रा छोड्ने र वर्तमानमा राम्रो गर्न सक्ने नेतृत्व देशले खोजेको जनाउँदै जलस्रोतको परिचालन नै देश धनी बन्ने आधार प्रस्तुत गरे । उनले विपक्षका राम्रा कुरा नस्वीकार्ने र निषेधको राजनीति गर्ने परम्पराले नेपाली राजनीति पराधिनको बाटोमा लागेकोले त्यसलाई सुधारेर स्वाधीन नेपाल निर्मार्ण गर्न युवा शक्ति आवश्यक परेको भन्दै शर्माले राम्रो राजनीति र छिटो सम्बृद्धि आजको आवश्यकता औंल्याए । उनले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालका खाका कसको पालामा कोरिएको हो ? सोच्न आग्रह गरे । शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि छोडिएको जस्तो स्वरुपको चन्द्रगढीको स्वरुप परिर्वन गर्न वौद्धिक वर्गसित खाका समेत माग गरेका छन् । उनले चन्द्रगढीबाट सुरु हुने सम्बृद्धिको यात्रा वाहुण्डाँगीमा पुग्दा झापा क्षेत्र नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा क्षेत्र नम्वर १ प्रदेश १ का उम्मेदवार केशवराज पाण्डेले चिन र भारत जोड्ने पहाडी मार्ग निर्माणले जनताको जीवन स्तर उठ्ने प्रष्ट पारे । उनले व्यापारको प्रर्वधन, कृषिको उन्नति र पर्यटनको विकास आफनो प्राथमिक प्रतिबद्धता राखेका थिए । यस्तै २ का प्रदेश सभा उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राखे । पोखरेलले १ नम्वर प्रदेशको प्रतिनिधित्व गर्ने अवसर जनताले प्रदान गरे निष्ठाको राजनीति मार्फत देश र जनताको सेवामा इमान्दार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।