मोरङ । "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत आज प्रहरीले १ लाख भन्दा बढीको खाद्यान्न तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालय रानी बुझाएको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरेको १ लाख ४० हजार २ सय मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
बरामद गरिएको उक्त सामान आवश्यक अनुसन्धान पश्चात भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो।
प्रहरीले पाेके व्यापारीबाट बरामद गरिएकाे सामाग्री भन्सारमा बझायाे
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































