वि.सं. २०७४ साल मंसिर १८ गते। सोमबार। इश्वी सन् २०१७ डिसेम्बर ४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– प्रतिपदा, १९:५७ बजेउप्रान्त द्वितीया। नक्षत्र– रोहिणी, ८:३५ बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, ७:०६ बजेदेखि साध्य, २७:५९ बजेउप्रान्त शुभ। करण– वालव, ९:०६ बजेदेखि कौलव, १९:५७ बजेउप्रान्त तैतिल। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– वृष, १९:४७ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०५ पला। सर्वार्थसिद्धि योग अहोरात्र। कोसी-कोका संगममा धार्मिक मेला।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  (Aries)

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। केही चुनौतीहरू देखिनेछन्। आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार न्याई फाइदा दिलाउनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। जिम्मेवारी बढ्नेछ भने स्वास्थ्य(चिन्ताले सताउन सक्छ। सहयोगीहरू जुटाउन निकै प्रयास गर्नुपर्ला। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। पठनपाठनमा समय दिन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह  (Gemini) दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउनेछ। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो  (Cancer) मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। लोकाचारका लागि फजुल खर्च हुन सक्छ। तापनि प्रेम र मित्रताको बन्धनले परोपकारी काममा जुटाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) चिन्ताले सताउनेछ भने बाध्यतामा अलमलिनुपर्दा आँटेको काम रोकिन सक्छ। प्रतिस्पर्धीहरूले पनि समस्या उब्जाउन सक्छन्। अवसर प्राप्त भए पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, मिहिनेत गर्दा बिस्तारै उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि लगनशीलताले आंशिक फाइदा दिलाउनेछ। गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो  (Virgo) परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। समयतालिका नमिल्दा काम अपूरै रहनेछ। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य(चिन्ताले सताउनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। पहिलेका कमजोरी भने सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। मान्यजन तथा आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। आस मारेको नतिजा सकारात्मक हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) परिस्थिति अलि संघर्षपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धीहरूले केही दुस्ख दिनेछन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे  (Sagittarius) सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। तर बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुने समय छ। आयस्रोत राम्रो देखिए पनि तत्कालै फाइदा नहुन सक्छ। केही रकम हातलागी भए पनि ऋणभार बढ्ने सम्भावना देखिन्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ। (नेपाली पात्रो)