नेकपा (माओवादी केन्द्र) र समाजवादी जनता पार्टीबीच पार्टी एकीकरण भएको छ। चितवनमा आयोजित एक कार्यक्रममा वीच यी दुई पाटीबवीच पार्टी एकीककरणको घोषणा भएको हो। अग्रगमनका मुद्दामा दुई पार्टीका वीच समान धारणा रहेकोले पार्टी एकता गरिएको दुवै पार्टीका अध्यक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। समाजवादी जनता पार्टीले स्थानिय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्हमा चुनाव लड्ने गरी एकल निर्वाचन चिन्ह लिई चुनावमा सहभागी भएको थियो। जनताको चाहना, नेता कार्यकर्ताको भावना र राष्ट्रको आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक स्थायित्व, शान्ति , सुसासन, विकास र समृद्दिका लागि एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ पार्टी एकीकरणको गरिएको समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंहले जानकारी दिए।