धरान । एमाले सचिव एवम् पूर्वमन्त्री भीम आचार्यले सुनसरीबाट मतदान गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्य उम्मेदवार आचार्यले बिहीबार बिहानै जनता मावि मदिसा केन्द्रमा पुगेर मतदान गरेका हुन् । नेता आचार्यलाई एमालेले प्रदेश १ को मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रदेशसभा सदस्यतर्फ उम्मेदवार बनाएको हो ।