धरान । प्रदेश नम्बर एकका ७ वटा जिल्लामा मतदान भैरहेको छ । यी जिल्लामा २१ वटा निर्वाचन क्षेत्र छन् । यसअघि सातवटा जिल्लाका सात वटा निर्वाचन क्षेत्रमा मतदान भैसकेको छ । प्रदेश नम्बर एकका १४ जिल्लामा २८ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
आज चुनाव हुने मोरङमा ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २/२ क्षेत्र छन् भने धनकुटा र तेह्रथुममा एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नम्बर एकका २९ लाख ९३ हजार ७ सय ७४ मतदाता मध्य आज २२ लाख ७४ हजार ५ सय ९८ मतदाताले भोट हाल्दैछन् ।
आज चुनाव हुने प्रदेश नम्बर एकमा २ हजार ७ सय १८ वटा मतदान केन्द्र रहेका छन् ।