हेटौंडा/ मकवानपुरको भिमफेदी गाउँपालिका ९ चुनियाँ डाँडामा ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ५९१८ नम्बरको ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई महिला म्यादी प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जानकारी गराएको छ । थाहा नगरपालिकाका १ का ५० वर्षीया चालक शेरबहादुर गोपाली, म्यादी प्रहरी हेटौंडा ४ की लक्ष्मी स्थापित र भिमफेदी ९ की सविता बर्तौलाको मृत्यु भएको हो।
म्यादी प्रहरी चढेको जिप दुर्घटना, ३ जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































