काठमाडौं ।अछाम निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा भइरहेको छ। जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल कांग्रेसका प्रतिस्पर्धी भरत स्वाँर भन्दा पछाडि परेका छन्। कांग्रेस उम्मेदवार भरत स्वारले ३ हजार ७३ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका रावलले भने स्वाँरभन्दा ५ मत कम ल्याएर पछ्याइरहेका छन्। रावलको ३ हजार ६८ मत छ।