अाजकाे राशिफल
वि.सं. २०७४ साल मंसिर २४ गते। आइतबार। इश्वी सन् २०१७ डिसेम्बर १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, ७:२६ बजेदेखि अष्टमी, ३०:१५ बजेउप्रान्त नवमी। नक्षत्र– पूर्वफाल्गुनी, २३:१२ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– विष्कम्भ, १०:३८ बजेउप्रान्त प्रीति। करण– वव, ७:२६ बजेदेखि वालव, १८:४८ बजेपछि कौलव, ३०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा छत्र योग। चन्द्रराशि– सिंह, २९:०६ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५६ पला। रवि–सप्तमी व्रत। अष्टमी व्रत।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौतीहरू देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आँटेको काममा अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला। प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्ला। श्रम परे पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बित्न सक्छ। नयाँ काम गर्न समय पर्खनुहोला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। (नेपाली पात्रो)
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























