झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राप्रपाका नेता राजेन्द्र लिङदेनले विजय हासिल गरेका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरेका लिङ्देनलाई वाम गठबन्धनको समर्थन थियो। लिङ्देनले सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गरेका हुन्। लिङ्देनले ४४ हजार ६१६ मत ल्याएका छन् भने कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले ३१ हजार १७१ मत प्राप्त गरे।
झापा ३ मा सिटौलालाई हराउँदै राप्रापाका लिङ्देन विजयी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































