हेवी वेट अशाेकलार्इ दाेब्बर मतले हराउँदै जयकुमार निर्वाचित
धरान/सुनसरी १ नम्बर क्षेत्रकाे प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनका एमाले उम्मेदवार जयकुमार रार्इ दाेब्बर मतले निर्वाचित बनेका छन् ।
लाेकतान्त्रिकका संघीय समाजवादी फाेरमका नेता अशाेक रार्इलार्इ पराजित गर्दै रार्इ निर्वाचित बनेका हुन् । धरान १५ भानुमार्गका जयकुमार एमाले जिल्ला सदस्य थिए । जयकुमार रार्इले २२ हजार ४०५ मतान्तरले हराउँदै विजयी बनेका हुन् । अशाेकले २२ हजार १२३ मत ल्याउँदा जयले ४४ हजार ५२८ मत प्राप्त गरेका थिए ।
सुनसरी १ मा १ लाख २२ हजार मतदाता भए पनि कम मत खसेकाे थियाे । जसमा ४ हजार ३४० मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































