इटहरी । सुनसरी क्षेत्र नम्वर ३ मा पराजित बाम गठबन्धनकी उमेद्वार भगवती चौधरीले पुनः निर्वाचन गराउन माग गरेकी छिन् ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको भन्दै उनले यो जितलाई स्वीकार नगर्ने बताइन् । सुनसरी क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका उमेद्वार विजयकुमार गच्छदारले प्रतिनिधी सभा सदस्यमा ३ सय २१ मतको अन्तरले जित हात पारेका थिए । गच्छदारले ३८ हजा ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार इटहरी स्थित नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सममेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताएको आरोप लगाइन् । आफूले मत जिते पनि पराजित गराएको भन्दै उनले कानुनी बाटोमा जाने बताइन् । विजेता नेपाली काँग्रेसका उमेद्वार विजयकुमार गच्छदारलाई विचाराधिन अवस्थामा राख्न भन्दै उनले धाँदली गरेर जितेको आरोप लगाईन् । यो जितलाई षड्यन्त्र भन्दै सुनसरी ३ क का प्रदेश सभा सदस्य उमेद्वार लिलम बस्नेतले पनि प्रहरी र प्रशासनको मिलेमतोमा निश्पक्ष निर्वाचन नभएको बताए । बाम गठबन्धनको तर्फबाट पत्रकार सम्मेलन आयोजना गरिएको भनिए पनि पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता मात्र उपस्थित थिए ।
पत्रकार सम्मेलनमा चौधरीले मतदान र मतगणनामा पनि धाँदली भएको बताएकी छिन् ।वेलाहा क मतादन केन्द्र ३ सय ९३ को मुचुल्का फाइल मतपेटिका सुरक्षा स्थाल बाहिर भेटिएको, शिल तोडिएको अवस्थामा मतपत्र भण्डारण स्थाल बाहरि फेला परेको उनले बताइन् । यस्तै मतपेटिका भित्र भेटिएको अर्धकट्टी सहितको रुख चिन्हामा छाप लागेको मतपत्रहरुको क्रम संख्या र नम्वर हेर्न नदिएको कर्मचारी स्वयम्बाट मतदान भएको उनको आरोप छ । सो कार्यक्रमा सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझीले काँग्रेसलाई भोट मागेको र सोनापुर बालकुण्ड मतदान केनद्रमा सहायक मतादन अधिकृतले आफू स्वयम्ले मतपत्र खसालेको पत्रकार सम्मेलनमा बताइन् ।