धरान/सार्वजनिक पुस्तकालय निर्माणका लागि पौषको पहिलो साता धरानमा ‘पटनाली सांगीतीक साँझ’ हुने भएको छ ।

[caption id="attachment_64653" align="aligncenter" width="4160"] तस्बिर : विकास चाम्लिङ रार्इ[/caption]

धरान–१७ पटनाली युवा समूहको आयोजनामा सांगीतिक साँझ गर्ने भएको हो । साँझमा चर्चित गायक राजेशपायल राईसहित गायक गंगा बरदान, डिल्ली फम्बो , प्रशान्त सर्मालगायत रहने छन् । त्यस्तै बिमोक्स ब्याण्ड, युनाइटेड डान्स सेन्टर, दिपज्योती डान्स सेन्टरका कलाकारहरुलेसमेत प्रस्तुती दिने सचिव प्रदीप राईले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पुस्तकालयको लागि देश विदेशबाट सहयोग भइरहेको राईले बताए । साँझबाट न्युनतम पनि २ लाख ५० हजार रुपैया पुस्तकालय निर्माणमा खर्च गर्ने बताएको छ । दाताहरुबाट ५ लाख संकलन हुने अनुमान गरेको छ । जसमध्ये २ लाख ५० हजार कार्यक्रमको लागि खर्च गरिने आयोजकले बताएको छ । पुस्तकालय २ कोठे निर्माण गर्ने तयारी रहेको अध्यक्ष विकास श्रेष्ठले बताए । पुस्तकालयको अभाव रहेकाले पनि भवन निर्माण गर्न लागिएको श्रेष्ठले बताए । कार्यक्रम धरान–१७ स्थित ज्वालामुखी माविको मैदानमा हुने छ ।