झापाको दमकस्थित ५ सय ४२ फिट अग्लो बुद्धको मुर्ति निर्माण हुने भएको छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको दमक नगरपालिकाले जनाएको छ ।
चिनियाँ सरकारको लगानीमा बन्ने अदौगिक पार्क निर्माणको डीपीआर तयार भइसकेको नगरपालिकाकाले जनाएको छ । तर ती परियोजनाका लागि आवश्य जग्गा अधिग्रहण नगरिएका कारण भने मानिसहरुमा शंका व्याक्त छ ।
१५ अर्ब ७५ करोड रुपैयाँको लागतमा दमक ३ को २ सय ६५ बिघा जग्गामा बन्ने भनिएको बुद्धको पूर्ण कदको मूर्तिका लागि २५ बिघा बाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी रहेको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । उक्त मूर्ति निर्माणका लागि चीन, ताइवान तथा कोरियाले रुची देखाएको अधिकृत दाहालको भनाइ छ।
दमक नगरपालिका कार्यालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विगतको सरकारले दमकमा औद्योगिक पार्क र बुद्धको मूर्ति बनाउने निर्णय गरे बमोजिम विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको हो।