महायज्ञबाट १९ लाख संकलन
दमक (रासस) । झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करिब रु १९ लाख संकलन भएको छ ।
मन्दिरका उपाध्यक्ष तथा प्रचार समितिका संयोजक पुण्यप्रसाद खनालका अनुसार गत मंसिर ९ देखि १७ गतेसम्म मन्दिर परिसरमा सञ्चालित श्रीमद्भागवत धानयाञ्चल महायज्ञबाट रु १८ लाख ९४ हजार ४३५ सहयोग जुटेको हो ।
सहयोग प्राप्तमध्ये महायज्ञ सम्पन्न गर्न रु सात लाख १० हजार २८२ खर्च भई कूल रु ११ लाख ८४ हजार १५३ बचत भएको उपाध्यक्ष खनालले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित सहयोगले धर्मशाला भवन निर्माणसँगै अक्षय कोषमा जम्मा गरिने मन्दिरका अध्यक्ष तीलक थापाले बताउनुभयो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































