काठमाडौं/ मंगलबार दुई नेपाली फिल्मले रिलिज टार्गेट तय गरेका छन्। फिल्म 'लम्फु' र फिल्म ‘स्वर्ग मेरो गाउँ’ प्रदर्शन मिति सार्वजनिक भएको हो।
[caption id="attachment_65368" align="aligncenter" width="1280"] फायलफाेटाे[/caption]'लम्फू' रिलिज बैशाख २८ गते रिलीज हुने भएको छ। फिल्ममा तरकारीवालीको नामले चर्चामा आएकी कुसुम श्रेष्ठको अभिनय रहेको छ। अन्य कलाकार कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, लगायत देखिनेछन्।
गोपालचन्द्र लामिछाने निर्देशित 'लम्फू'ले प्रेमकथा भन्छ। पपुलर मल्टिमिडियाको प्रस्तुतिमा शक्तिबल्दब घोरासैनीले बनाएको लम्फुमा भूपतिले कथा दिएका हुन्। दिपक बज्राचार्यले खिचेका फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ र गीतमा प्रमोद खरेल, शिव परियार, दुर्घा खरेल लगायतले स्वर दिएका छ।
त्यस्तै नायक नरेन खड्का अभिनीत फिल्म ‘स्वर्ग मेरो गाउँ’ माघ १२ गतेबाट प्रदर्शनमा आउने भएको हो। फिल्मलाई निर्देशन तथा निर्माण रामकृष्ण बजगाइँले गरेका हुन्। आफ्नो गाउँ बिकासका लागि संघर्ष गर्ने युवाको कथामा फिल्म बनेको छ।
फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारको अभिनय छ। पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। गोविन्द राई फिल्मका कोरियोग्राफर हुन्। ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ।
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]