मोरङ/ झापाको दमकमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म १ नम्बर प्रदेश स्तरीय औधोगिक ब्यापार एवं कृषि पर्यटन महोत्सव हुने भएको छ ।

व्यवसायिक हित कोषको बृद्धि र इलम प्रशिक्षण केन्द्र व्यवस्थित गर्न दमक उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवका बारेमा बुधबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले यो महोत्सव महोत्सवमात्र नभएर दमकको नयाँ चिनारी बनाउने ध्याउन्नेमा आफूहरु लागेको बताएका छन् । दमकमा बन्ने संसारको अग्लो बुद्धमूर्ति, औधोगिक पार्क, भ्यू टावर जस्ता योजनाले दमक चर्चित बनेको जनाउदै यो महोत्सवले ती कुराहरुको अझ प्रचार प्रसार गराएर दमकलाई नयाँ दिलाउन सकिने समेत उनले प्रष्ट्याए ।

यो सँगसँगै दमकको औधोगिक पहिचानलाई पनि यसले बिस्तार गर्ने उहाँको भनाई छ । दमकको रतुवा खोला किनारमा महोत्सव ब्यवस्थापनको तयारी भइरहेको छ ।

महोत्सवमा करिब २ सय वटा स्टलहरु रहने महोत्सव ब्यवस्थापन समितिका संयोजक राजन दंगालले बताए । साँस्कृतिक तथा मौलिक पहिचान बोकेका स्टलहरु निशुल्क उपलब्ध गराउने उनले जनाए । ९ बर्षपछि वाणिज्य संघले महोत्सवलाइ निरन्तरता दिएको हो ।

बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले महोत्सवमा मदिरा निषेध गरिएको उल्लेख गरे । यो पटक प्रमुख प्रायोजक समेत मदिरा तथा मदिराका उद्योगहरुलाइ नबनाइएको प्रष्ट्याए । महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं प्रथम उपाध्यक्ष गोपाल गुरागाइले वताए ।