झुम्का/झुम्काबासीले सुनसरी मोरङ सिचाई आयोजनाद्वारा सञ्चालित नहरको डिलमा फोहोर थुपार्दा झुम्काबजार नै दुर्गन्धित बनेको छ । रामधुनी नगरपालिकाले यसतर्फ ध्यान नदिँदा फोहोरले दुगन्र्ध फैलिने मात्रै नभई बजारबासी बिरामी हुने सम्भावना बढेको स्थानीय उपेन्द्रकुमार खत्रीले बताए । तर, यो कमजोरी सुनसरी मोरङ सिचाई आयोजनाको रहेको स्थानीयबासी पशुपति बस्नेत बताउँछन् । नहरको डिलमा मासुसमेत काट्ने गरिएको छ भने बजारको अधिकांस फोहोरहरु स्थानीयले त्यही फ्याक्ने गरेका छन् । सफाईको लागि नगरपालिकाले चासो नदिँदा समस्या बढेको उनले बताए । यसका लागि राजनीतिक दलका नेताहरुसमेतले चासो नराखेको स्थानीयको आरोप छ ।