शनिश्चरे/वाम गठवन्धनको सरकार वन्ने तयारीमा रहेको अवस्थामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भानुभक्त ढकाल पनि मन्त्रीको सूचीमा परेकाे छ ।
[caption id="attachment_65630" align="aligncenter" width="898"] निर्वाचित सांसद भानुभक्त ढकाल[/caption]स्रोतका अनुसार एमालेबाट मन्त्री बन्ने सूचीमा ढकालको नाम अग्रस्थानमा रहेको छ । यो अन्तिम सूची नभएपनि यस पटक ढकाल मन्त्री बन्ने सम्भावना भनें बलियो रहेको पार्टी स्रोतले बताएको छ ।
संसदीय दलमा एमालेको प्रमुख सचेतकको रुपमा समेत काम गरिसक्नु भएका इमान्दार छविका ढकालले प्रतिनिधिसभाको निर्वाचनमा नेपाल कांग्रेसका सुनीलकुमार शर्मालाई पराजित गरेका थिए । उनले मोरङ ३ का लागि आदिवासी जनजाति प्रतिष्ठान निर्माण, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको दीर्घकालिन समस्या समाधान, पर्यटन प्रवद्र्धन, कृषिको आधुनिकिरकण, खोला कटान तटवन्ध, सुन्दरहरैंचाको पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थित सञ्चालन, पेटेलखानी छ भनेर भनिएको वाहुनीको खानीको अन्वेषण सहितका काम गर्ने प्रमुख प्रतिवद्धता जनाएका थिए ।
सरकार गठनको मिति नजिकिएसंगै माओवादी र एमाले शीर्ष नेताका घरमा पद पाउने आशामा नेता कार्यकर्ताको भीड बढ्दै गएको छ । संविधानले केन्द्रमा मन्त्री र राज्यन्त्री गरी २५ बन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेकाले अहिले वाम गठबन्धनमा सबैको चित्त बुझाउन अलि सकस भएको छ ।
तर पनि पार्टी्भित्र कसलाई मन्त्री बनाउने बारेमा छलफल भइरहेको छ र त्यसको सूची पनि वन्दै गएको छ ।