धरान/धरान रन समूहका संस्थापक अध्यक्ष सन्तोष राईको छोरी नेवाको ११ औं जन्मदिन विहीबार केक काट्दै धरानमा मनाइएको छ ।
[caption id="attachment_65666" align="alignnone" width="960"]
तस्विरः धरान रन समूह[/caption]
राईले छोरीको नाममै नेवा च्यारिटी ८ के रन प्रतियोगिता गराउँदै आइरहेको छ । समूहले धरानमा सरस्वती वाल आश्रम, बहिरा स्कुल, र पुनस्र्थापना केन्द्रका वालबालिकाहरुसँग ११ औं जन्मदिन मनाएको समूहका अध्यक्ष रमू राईले बताए ।
उक्त वालबालिकाहरुलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको अध्यक्ष राईले बताए । ८ के रनबाट संकलित रकमले अपाङ, असहाय, तथा अनाथ बालबालिकाहरुको औषधि उपचार तथा शिक्षामा खर्च गरिदैं आएको छ ।
यसपटकको नेवा च्यारिटी फागुन ५ गते हुने भएको छ । यसपटकको छैठौं ८ के नेवा च्यारिटी रनबाट संकलित रकमले सामुदायिक विद्यालयका १० जना विद्याथीहरुको शिक्षाका निम्ति अक्षयकोष स्थापना गरिने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।