विराटनगर/ पूर्वाञ्चलमा रगत अभाव भएको खबर विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएपछि विना विभाग्य तथा आपूर्तीमन्त्री शिवकुमार मण्डलले जानकारी पाए । रगत नपाएर कसैको ज्यान जानबाट जोगाउन उनले रक्तदान गरी तत्काल रगतको समस्या सावधान गर्ने मनसाय मात्र के बनाए थिए, बिहीबार साझ लायन्स क्लब अफ गोग्राहका अध्यक्ष तेजलाल कर्णले मन्त्री मण्डललाई रक्तदान कार्यक्रमको बारे जानकारी गराए । कर्णले मन्त्री मण्डललाई भने, ‘रगत अभाग अटाउन रक्तदान गर्नुपर्यो । कर्णले राखेको प्रस्ताब मन्त्री मण्डले सहज रुपमा स्वीकार गरे ।
शुक्रबार विहानै सामाजिक संस्था लयान्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा मन्त्री मण्डल सारीक भए । विराटनगर – १३ मा स्थीति विराट आँखा अस्पताल परिसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा पुगी उनले रक्तदान गरे । ‘बी’ पोजेटिप ब्लड ग्रुप रहेको मन्त्री मण्डलले रक्तदान गरेपछि भने, ‘रगत अभाव भइ कसैको ज्यान जानबाट जोगाउन रक्तदान गरियो । ‘विभिन्न सञ्चारमाध्यमाबाट धरानको विपी कोइराला विज्ञान प्रष्ठिानमा रगत अभाव भएको जानकारी पाएको थिए,’ मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद मण्डलले भने, ‘रगत अभावट अटाउन सबैलाई रक्तादन गर्न आग्रह गर्दछु ।’
[caption id="attachment_65778" align="aligncenter" width="4096"] मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित सांसदले रक्तदान गर्दै ।[/caption]त्यस्तै मन्त्री मण्डलसँगै मोरङ क्षेत्र नम्बर ५ को (२) बाट निर्वाचित सांसद जयराम यादवलले समेत रक्तादन गरे । लायन्स क्लब अफ विराटनगर गुराँस, लायान्स क्लब अफ विराटनगर ग्रोग्राह र विराट आँखा अस्पतालको संयुक्त रुपमा आयोजना भएको रक्तदान कार्यक्रममा गोग्राहका अध्यक्ष तेजलाल कर्ण, गुरासका अध्यक्ष उदय नारयण बराल, ओम प्रसाद प्रसाई, अस्पतालका सञ्चालक राजेस प्रसाईलगाइतले रक्तादन गरेका थिए ।
नेपाल रेडक्रस सोसाइर्टी विराटनगर शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा मन्त्री, सांसदसहित १ सय ५० जनाले रक्तदान गरेको गोग्राहका अध्यक्ष कर्णले जानकारी दिए ।