पानवारी/मानव कल्याणकारी सामाजिक संस्थाले धरानका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । निम्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने धरान–१३ को अमर आधारभूत विद्यालय र धरान–१६ को पञ्चायत आधारभूत विद्यालयका एक सय जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो ।

संस्थाले पञ्चायत आधारभुत विद्यालयका ७० जना विपन्न विद्यार्थी र अमर आधारभूत विद्यालयका ३० जना विपन्न विद्यार्थीलाई १६ नं. वडाका वडाध्यक्ष दिलकुमार गिरी, विद्यालयका प्रधानाध्यापक मदनेश्वर शाह, संस्थाका अध्यक्ष बाबुराम घिमिरे लगायतलेस्कुल व्याग वितरण गरेका थिए ।

ब्याग वितरण कार्यक्रममा संस्थाका सचिव घनश्याम गौत्तमले विद्यार्थीहरुलाई अध्ययनका लागि सहज होस् भनि सहयोग गरेको जनाए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जसकुमार राई, सचिव ईश्वर गौतम, स्कुलका प्रधानाध्यपक मदनेश्वर शाह लगायतले मनतव्य राखेका थिए ।