विराटनगर/विराटनगरमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले नेचुरोपेथी थेरापीबाट एक वर्षमा ४ हजार ३ सय जनाको सेवा लिएको बताएको छ । दक्ष अनुभवी एवं चिकित्सवक र प्रविधिकहरुको टिमबाट विरामीहरुलाई सेवा प्रदान गरेको हस्पिटलले जनाएको छ । हस्पिटलका अध्यक्ष रुपेश अधिकारीको अनुसार एक वर्षमा ४० वटा निःशुल्क शिवर आयोजना गरेको बताए । उक्त शिविरबाट ४ हजारले निःशुल्क सेवा लिएको हस्पिटलको भनाई छ । ‘एलओपेथीबाट उपचार नभएका बिरामीहरु हाम्रो हस्पिटल आउने गर्दछन्,’ हस्पिटलका अध्यक्ष अधिकारीले भने, ‘विशेषज्ञ चकित्सवले सफलतापूर्वक उपचार गरी बीरामीहरु ठिक पार्दछन् । एलओपेथीबाट ठिक नभएको उपचार थेरापीबाट ठिक भएको छ ।’ उनले भने, ‘प्यारालाइसिसबाट लामो समयदेखी विरामी परेर थला परेको यस हस्पिटलले ठिक गरेको छ ।’ स्पार्क तेस्रो वर्षमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्षमा प्रवेश गरेको अवसर परोर हस्पिटले विविद्य कार्यक्रम आयोजना गरी दोस्रो वार्षिक उत्सव मनाउने तयारी गरेको छ । हस्पिटलले आउँदो पुस ९ र १० गते हस्पिटल परिसरमा भव्य कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । वर्षिक उत्सवको अवसर पारेर पुस ९ गते निःशुल्क हाडजोर्नी एवम् नशा सम्बन्धीको शिविर र १० गते रक्तदान कार्यक्रम आयोजना हुने हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । ‘विशेषज्ञ चिकित्सवहरुबाट स्वास्थय परिक्षण हुन्छ,’ हस्पिटलका अध्यक्ष अधिकारीले भने, ‘स्वास्थ्य परीक्षण गरी लाभ लिनुहोला । उक्त शिविरमा काठमाण्डौबाट विशेषज्ञ चिकित्सवहरु आउने उनेल जानकारी दिए । हस्पिटलले विशषेज्ञहरुबाट स्वास्थय परीक्षण, विरामी जाँच तथा परार्मश, अन्तरंग एवं बहिरंग सेवा, प्राकृतिक चिकित्सा, फिजियोथेरापीलगायतको सेवाहरु सञ्चालन रहेको छ । त्यस्तै हस्पिटलले प्यारालाइसिस, पक्षघात, ढाडा, कम्मर गर्धन दुख्ने, डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नशा च्यापिएको देखी वाथ, आर्थराईटिस, मोटोपन, पोलेस्ट्रोल बढेको, ग्यास्ट्राइटिस, काब्जियत, पाइल्स, पिनास, टाउँको दुख्ने, माइग्रेन, मानसिक तनावजस्तो रोगको सफलतापूर्वक उपचार हुँदै आएको हस्पिटलले जनाएको छ ।